• २०८१ बैशाख १७ सोमबार

कतार एशियन कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो ।

यस अघि ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ ।

योसँगै अब एशियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र् दक्षिण कोरिया पुगेका छन् ।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय