• २०८१ जेठ ६ आइतबार

यू-१९ विश्वकपको सुपर सिक्सको समीकरण पुरा, आजदेखि खेल हुदै

kharibot

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्सको समीकरण पुरा भएको छ । भाग लिएका १६ देशबाट १२ देश सुपर सिक्सका लागि छनौट भएका छन् । सुपर सिक्समा दुई समुह रहेका छन्, जसमा ६-६ देश रहेका छन् ।

सुपर सिक्समा समुह ए बाट भारत, बंगलादेश र आयरल्याण्ड सुपर सिक्समा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका, इङल्याण्ड र वेस्टइण्डिज सुपर सिक्समा पुगेका छन् ।

त्यस्तै समुह सी बाट अस्ट्रेलिया, श्रीलंका र जिम्बाबे सुपर सिक्समा पुगेका छन् भने समुह डी बाट पाकिस्तान, न्यूजील्याण्ड र नेपाल सुपर सिक्समा पुगेका छन् । त्यस्तै समुह ए बाट अमेरिका, समुह बी बाट स्कटल्याण्ड, समुह सी बाट नामिबिया र समुह डी बाट अफगानिस्तान भने समुह चरणबाट बाहिरिएका छन् ।

अब सुपर सिक्सको समुह १ मा भारत, पाकिस्तान, न्यूजील्याण्ड, बंगलादेश, नेपाल र आयरल्याण्ड रहेका छन् । त्यस्तै सुपर सिक्सको समुह २ मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइण्डिज, दक्षिण अफ्रिका, इङल्याण्ड र जिम्बाबे रहेका छन् ।

अब सुपर सिक्समा छनौट भएका देशले अर्को समुहबाट आएका दुई देशविरुद्ध खेल्ने छ । जस्तै समुह डी मा तेस्रो हुदै सुपर सिक्सको समुह १ मा आएको नेपालले समुह ए बाट आएको समुह विजेता र उपविजेतासँग खेल्ने छ । त्यस्तै समुह १ मा रहेको पाकिस्तानले आयरल्याण्ड र बंगलादेशसँग खेल्ने छ । त्यस्तै भारतले नेपाल र न्यूजील्याण्डसँग खेल्ने छ भने न्यूजील्याण्डले भारतका अलावा आयरल्याण्डसँग खेल्ने छ ।

त्यस्तै समुह २ मा रहेको श्रीलंकाले वेस्टइण्डिज र दक्षिण अफ्रिकासँग खेल्ने छ भने अस्ट्रेलियाले इङल्याण्ड र वेस्टइण्डिजसँग खेल्ने छ । त्यस्तै जिम्बाबेले दक्षिण अफ्रिका र इङल्याण्डसँग खेल्ने छ । यी खेलपछि दुवै समुहका विजेता र उपविजेताले सेमिफाइनल खेल्ने छन् ।

सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदै छन् । आज समुह १ का भारत र न्यूजील्याण्ड तथा पाकिस्तान र आयरल्याण्ड खेल्दैछन् भने समुह २ बाट श्रीलंका र वेस्टइण्डिजबीचको खेल हुदैछ ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै