• २०८१ बैशाख १६ आइतबार

यू-१९ क्रिकेट खेलाडी र बक्सिङ खेलाडीले पाएर पुरस्कार रकम

kharibot

काठमाडौं । सरकारले यू-१९ विश्वकप खेलेर फर्किएपछि विश्वकप छनोट भएको टिमका सदस्यहरुलाई पुरस्कृत गरेको छ ।

एक वर्षअघि यूएईमा भएको आईसीसी यू-१९ पुरुष सीडब्ल्यूसी एसिया क्वालिफायरको उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, टिम व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार पाउने खेलाडीमा देव खनाल, दीपेश कँडेल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दीपक बोहोरा, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहोरा रहेका छन् । सबै खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । त्यस्तै मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले दुई लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई एक एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

त्यसैगरी, थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिइएको छ । चार खेलाडीलाई एक एक लाखतथा प्रशिक्षक र सहायक प्रशिक्षकलाई जम्मा १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगू र विजय बाटाले कास्य जितेका थिए । सुष्मालाई ६ लाख दिइएको छ भने  अन्य तीन खेलाडीलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिइएको छ ।

त्यस्तै मुख्य प्रशिक्षक दीपक महर्जनले एक लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले ७२ हजार रुपैयाँ दिइएको छ ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कार दिइएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै