• २०८१ बैशाख १७ सोमबार

फिल्म फेयर अवार्डको घोषणा, १२ फेल उत्कृष्ट फिल्म

kharibot

काठमाडौँ । ६९औँ फिल्मफेयर अवार्डको घोषणा भएको छ । रणवीर कपूरले एनिमलमा आफ्नो भूमिकाका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । रकी और रानीको प्रेमकथाका लागि आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड दिइएको छ ।

त्यस्तै फिल्म १२ फेल' ले सर्वोत्कृष्ट चलचित्र र उत्कृष्ट पटकथाको अवार्ड प्राप्त गरेको छ । सोही फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड पनि दिइएको छ । त्यसैगरी शबाना आजमीले रकी और रानी की प्रेम कहानीबाट उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

त्यस्तै ओएमजी-२ लाई उत्कृष्ट कथाको अवार्ड प्रदान गरिएको छ । इशिता मोइत्राले रकी और रानी की प्रेम कहानीका लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर अवार्ड प्राप्त गरेकी छन् । यस बाहेक पठानको गीत बेशरम रंगका लागि शिल्पा रावले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् ।

एनिमलको अर्जन भ्याली गीत गाएका भूपेन्द्र बब्बलले उत्कृष्ट पार्श्व गायक पुरुषको अवार्ड पाए । निर्देशक डेभिड धवनलाई सिनेमामा उनको योगदानको लागि लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। यो अवार्ड समारोह गिफ्ट सिटी, गान्धीनगर (गुजरात) मा भएको थियो।

सर्वोत्कृष्ट चलचित्र- १२ फेल
सर्वोत्कृष्ट अभिनेता - रणवीर कपुर (एनिमल)
उत्कृष्ट अभिनेत्री - आलिया भट्ट (रकी और रानी की प्रेम कहानी)
उत्कृष्ट निर्देशक - विधु विनोद चोपडा (१२ फेल)
लाइफ टाइम एचिभमेन्ट अवार्ड - डेविड धवन (निर्देशक)
उत्कृष्ट डेब्यू अभिनेता (पुरुष) – आदित्य रावल (फराज)
सर्वोत्कृष्ट डेब्यु अभिनेत्री (महिला) – अलिजेह अग्निहोत्री (फर्रे)
उत्कृष्ट डेब्यु निर्देशक - तरुण डुडेजा (फिल्म-धकधक)
सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्री - शबाना आजमी (रकी और रानी की प्रेम कहानी)
उत्कृष्ट सहायक अभिनेता – विक्की कौशल (डंकी)
उत्कृष्ट अभिनेत्री समीक्षक- रानी मुखर्जी (मिसेस चटर्जी बनाम नर्वे) र शेफाली शाह (थ्री अफ अस)
उत्कृष्ट अभिनेता समीक्षक - विक्रान्त मेसी (१२ फेल)
सर्वोत्कृष्ट चलचित्र समीक्षक - जोराम

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै