• २०८१ बैशाख १७ सोमबार

सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा र विश्व सम्पदा सूचीमा समावेश गर्न माग

kharibot

बारा । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र सूचीमा समावेश गर्नको निम्ति आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

सिम्रौनगढ क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरू फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उपयुक्त हुने उनको तर्क छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा. दिपक काफ्ले सँगको भेटमा सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ काफ्लेलाई सचेत गराए । 

उनले भने, ‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरु फेला परिराखेको हुँदा नेपाल सरकारले प्राचिन स्मारक संरक्षण ऐन अन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गर्नु पर्छ र सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा समावेश गरेर यस स्थानलाई बिश्व माझ पुराउनु पर्छ ।’

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाइ गर्न नहुने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै