• २०८१ पौष १५ सोमबार

बलिउडको २०२३ को खराब फिल्मको उपाधि कसले पायो ?

kharibot

मुम्बई । बलिउडको यो वर्ष शाहरुख खानको कमब्याकको वर्ष रह्यो ।

यो वर्ष शाहरुख खानले मात्र कमब्याक गरेनन्, संकटापन्न बलिउडकै पनि कम ब्याक गराए । शाहरुख खानको ‘पठान’अघि सलमान खान र आमिर खान, अक्षय कुमार न रनवीर कपुर कसैका पनि फिल्मले दर्शक हलमा बोलाउन सकेको अवस्था थिएन ।  तर ‘पठान’ पछि साना ठूला सबै फिल्मले राम्रो व्यापार गरिरहेका छन् । 

तर यति हुँदाहुँदै पनि बलिउडमा यो साल चलेकै स्टारका फिल्मको भने बिजोग पनि देखियो । फिल्मको यस्तो बिजोग देखियो कंगना रनावतको । उनी अभीनित ‘तेजस’ले विश्वभरबाट मुस्किलले ५ करोड कमायो तर यसको लगानी नै ५० करोड माथि थियो । 

खराब फिल्मको सूचीमा समीक्षकले यो साल ‘आदिपुरुष’ ‘सेल्फी’ ‘टिकु वेड्स सेरु’आदिलाई पनि राखेका छन् । तर यी फिल्मले दर्शक रुचिको मनस्थिति इंगित गर्ने आइएमडीबीमा ठीकठाकै अंक पाएका छन् । 

यी सबमा पहिलो नम्बर पाएको छ अर्जुन कपुर र भूमि पेडेनेकर अभीनित ‘लेडी किलर’ले । यो फिल्मले यो साल रिलिज भएका बलिउड फिल्ममध्ये आइएमडीबीमा सबैभन्दा कम रेटिङ पाएको छ ।

आइएमडीबीमा यो फिल्मलाई दर्शकले १० मा जम्मा १.५ रेटिङ दिएका छन् । यता मात्र होइन , यो फिल्मले बक्स अफिसमा पनि लाजमर्दो व्यापार गरेको थियो । यो फिल्मले बक्स अफिसमा जम्मा ३८ हजार भारुको व्यापार गरेको थियो भने यो फिल्मको जम्मा २ सय ९३ वटा टिकट बिक्री भएको थियो । यस फिल्मलाई वर्षको सबैभन्दा खराब फिल्मको उपाधि दिइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै