• २०८१ बैशाख १७ सोमबार

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहका शिक्षकमा आवेदन आह्वान

kharibot

भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि आवेदन आह्वान गरेको हो ।

शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आव्हान गरेको जनाएको छ ।   

आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिन आग्रह गरेको छ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय