• २०८१ बैशाख १७ सोमबार

पेरूको विमानस्थलबाट चार हजार कछुवा बरामद

kharibot

पेरु ।  पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत  गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।  

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले  विज्ञप्ति मार्फत् इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ । 

विज्ञप्तिका अनुसार बरामत गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए ।

पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साईटिसमा सूचीबद्ध छन् । अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ । 

इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रति वर्ष २० अर्ब डलरसम्मको हुन्छ  । परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ ।

साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै