• २०८१ बैशाख १७ सोमबार

बम्जनको घरबाट तीन करोडभन्दा बढी रकम बरामद

kharibot

काठमाडौँ । मंगलबार पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोडभन्दा बढी रकम बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) स्रोतका अनुसार बम्जनको घरमा छापामार्दा तीन करोड नेपाली रूपैयाँसहित विदेशी मुद्रा पनि फेला पारेको जनाएको छ । बम्जनको घरबाट १५ भन्दा बढी मोबाइल र तीन ल्यापटप बरामद भएको छ ।

बम्जन यस बिचमा आफु विभिन्न जंगलहरूमा र कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।

प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएर् मंगलबार पक्राउ गरको बताएको छ ।

बम्जनविरुद्ध पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । बम्जनविरुद्ध सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ भने आफ्ना अनुयायीलाई यौन दुर्व्यबहार गरेको समेत आरोप रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै