• २०८१ जेठ ३ बिहीबार

बझाङमा माओवादीले जमानत जोगायो, एकीकृत समाजवादीसहित ८ दलको जफत !

kharibot

काठमाडौँ । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् ।

यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

यस निर्वाचनमा माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन् ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।

यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शिर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ ।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरेपनि जमानत जोगाउन भने सकेनन । त्यस्तै यस क्षेत्रमा राप्रपाका किशोर कुमार खड्काले २४२ मत प्राप्त गरेका छन् भने जसपाका राम बहादुर जाग्रीले ४४ मत मात्र पाएका छन् । त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपक बहादुर खड्काले २८ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन् ।

६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै