• २०८१ बैशाख १५ शनिबार

रुपन्देहीबाट अवैध ७२ बोरा प्याज बरामद

kharibot

प्रतिनिधि तस्बीर

लुम्बिनी । रुपन्देही प्रहरीले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा प्याज बरामद गरेको छ । 

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको प्याज बरामद गरिएको प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर-४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा प्याज स्थानीयवासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

बरामद गरिएको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै