• २०८१ जेठ २ बुधबार

बझाङको प्रदेश सभामा एमालेका भण्डारी विजयी

kharibot

बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मत अन्तरले पराजित गरेका हुन् । 

निर्वाचन आयोगका अनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ १३ मत प्राप्त गरेका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै