• २०८१ बैशाख २० बिहीबार

संस्कृतिमन्त्री किराँतीको अभिब्यक्तिप्रति रबि लामिछानेको आपत्ति

kharibot

काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ । 

‘कृष्चियन नमान्ने संबिधान बिरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको हो । 

यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदवाट राजीनामा दिनु पर्ने बताएका छन्  । 

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ,’ उनले भनेका छन, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै