• २०८१ बैशाख २४ सोमबार

जब पोखराबाट १७ वर्षीय किशोरले बस चोरे...

kharibot

पोखरा । पोखराबाट एक किशोरले बस चोरी गरेका छन्। पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरि गरेका हुन् ।

शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो ।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

उनको परिचय प्रहरीले गोप्य राखेको छ। उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै