• २०८१ बैशाख १७ सोमबार

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

kharibot

काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् । 

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । 

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  

दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय