• २०८१ बैशाख १६ आइतबार

चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

kharibot

धनगढी। कैलालीमा चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेको प्रहरीले जनाएको छ।

दुबै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरीवाना तोकेको थियो।

उनीहरू सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरि अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै