• २०८१ जेठ ६ आइतबार

संसद सचिवालयलाई आयोगले गरायो जसपा दर्ता भएको जानकारी

kharibot

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको जानकारी सङ्घीय संसद् सचिवालयलाई पठाएको छ ।  

आयोगले सोमबार नै नयाँ दल जसपा दर्ता गर्ने निर्णय गरेको थियो । आयोगले सो दललाई दल दर्ताको प्रमाणपत्र समेत दिइसकेको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी सङ्घीय संसद् सचिवालयलाई पनि गराएको छ । 

राई नेतृत्वको जसपामा ७ जना सांसदहरू रहेका छन् । योसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा ५ सांसद मात्र भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय