• २०८१ बैशाख १७ सोमबार

रुसी सेनामा भर्ना भएका काभ्रेका ढकाल युक्रेनी सेनाको नियन्त्रणमा

kharibot

काठमाडौँ । युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको छ । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन् । 

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई मंसिर १७ गते ‘रेड जोन’बाट नियन्त्रणमा लिइएको हो । सिद्धार्थलाई आइतबार स्थानीय समयको बिहान ११ बजे युक्रेनको सेनाले लिएर गएको भिडियो पठाइदिएको परिवारले बताएको छ । 

भिडियोमा सिद्धार्थले आफू सकुशल भएको बताएका छन् । ‘म अहिलेसम्म सकुशल छु । पछि के हुन्छ थाहा छैन,' भिडियोमा सिद्धार्थले भनेका छन् ।

सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका थिए । उनले सिद्धार्थको कलेज शुल्क दलालले नतिरिदिएपछि रुसी सेनामा भर्ती भएको बताइएको छ ।

यसअघि पराष्ट्रमन्त्रालयले अहिलेसम्म रुसी सेनामा भर्ना भएका ६ नेपालीले ज्यान गुमाएको जानकारी गराउदै रुसी सेनामा कार्यरत रही निधन भएका नेपालीमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेको जानकारी दिएको थियो । 

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जानकारी दिएको थियो ।

यसका सत्घी सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिसकेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै