• २०८१ बैशाख १६ आइतबार

म्यान्मारको सेनाका उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा जेल चलान

kharibot

प्रतिनिधि तस्बीर

बैंकक । म्यानमारका एक उच्च जनरलका निकट सहयोगीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२१ को ‘कू’पछि सत्ता कब्जा गरेयता सशस्त्र प्रतिरोधको सामना गरिरहेको सेनाले हालैका महिनामा गृहयुद्धका कारण पहिलेदेखि नै सङ्कटग्रस्त देशको अर्थतन्त्रलाई तहसनहस पारिरहेका बेला कैयौँ अधिकारीहरूलाई हिरासतमा लिएको छ ।

आर्थिक सङ्कटमा फसेको सैनिक शासन जुन्टाले उत्तरमा जातीय सशस्त्र समूहहरूको हालैको आक्रमणसँग पनि लडिरहेको छ जसले चीनसँगको महत्वपूर्ण सीमापार व्यापारलाई अवरुद्ध पारेको छ र उनीहरूले सत्ता सम्हालेदेखि जनरलहरूका लागि सबैभन्दा गम्भीर सैन्य चुनौती खडा गरेको छ ।

गत सेप्टेम्बरमा गरिएको फेरबदलमा सत्तारुढ राज्य प्रशासन परिषद्बाट पूर्वगृहमन्त्री सोए हटुटलाई हटाइएको थियो ।

म्यान्मारको सरकारी सञ्चारमाध्यम द ग्लोबल न्यू लाइट अफ म्यान्मारका अनुसार उहाँमाथि कानुनको सम्बन्धित दफाअन्तर्गत अभियोग लगाइएको छ र कोर्ट मार्सलले उहाँको मुद्दाको फैसला गर्दै उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सोए हटुटले मातहतका कर्मचारीलाई ‘आफ्नो ओहदा र अधिकारको अनुचित प्रयोग गरेर’ देशमा सञ्चालित कम्पनीलाई राहदानी जारी गर्न आदेश दिएको अखबारले उल्लेख गरेको छ ।

“उहाँले घुस लिएको र गृह मन्त्रालयको कर्मचारी कल्याण कोषका लागि वित्तीय नियम र विनियमसँग मेल नखाने उपक्रमहरूको सुपरिवेक्षण गर्न असफल भएको’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै