• २०८१ बैशाख १७ सोमबार

जन्मदिनमा विराट कोहलीको शतक, सचिनको रेकर्डको बराबरी

kharibot

काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९औं शतक प्रहार गरेका छन् ।

जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको भारतका लागि विराटले शतक पुरा गर्दै ४९ शतक बनाएका हुन् ।

आज आफ्नो जन्मदिनको दिन विराटले ११९ बलमा १० चौका प्रहार गर्दै शतक बनाएका हुन् ।

योसंगै विराटले एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाएको रेकर्डको बराबरी गरेका छन् । सचिनले पनि आफ्नो क्यारियरमा ४९ एकदिवसीय शतक बनाएका थिए । सचिनले आफ्नो क्यारियरमा कुल १०० शतक बनाएका थिए भने विराटले योसँगै कुल ७९ शतक पुरा गरेका छन् । 

विराटले टेस्टमा २९ र टी-२० मा एक शतक बनाएका छन् भने सचिनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक बनाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै