• २०८१ जेठ ६ आइतबार

वैज्ञानिकहरु सुँगुरको भ्रूणमा बढी मानव कोशिका भएको मृगौला विकास गर्न सफल

kharibot

काठमाडौँ । वैज्ञानिकहरूले सुँगुरको भ्रूणमा बढी मानव कोशिका भएको मृगौला विकास गर्न सफल भएका छन् । यो भविष्यमा मानिसमा मिर्गौला र अन्य अंग प्रत्यारोपणको लागि महत्त्वपूर्ण अनुसन्धान हो ।

सेल स्टेम सेल जर्नलमा प्रकाशित अध्ययनका अनुसार यस प्रविधिमा सुँगुरको भ्रूणको आनुवंशिक संरचना परिवर्तन गरी मानव कोषलाई त्यसमा प्रत्यारोपण गरिएको थियो । यसले जनावर भित्र धेरैजसो मानव कोषहरू भएको मृगौला सिर्जना गर्यो । बैज्ञानिकहरुका अनुसार पहिलो पटक अर्को प्रजाति भित्र मानव अंगको विकास भएको हो ।

ग्वाङ्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका वैज्ञानिक मिगुएल एस्टेबानले यो काम गर्न पाँच वर्ष लागेको बताएका छन् । उनले मानव कोशिकाको बृद्धिको लागि ठाउँ सिर्जना गर्नका लागि सुंगुरमा पहिले केही आनुवंशिक परिवर्तन गराएको बताए । मानव कोशिकाहरू पनि फरक वातावरणमा बाँच्नको लागि परिमार्जन गरिएको थियो।

एस्टेबान भन्छन्, 'अन्ततः हाम्रो लक्ष्य पूर्ण रूपमा प्रत्यारोपण गर्न तयार अंगहरू उत्पादन गर्ने हो । मृगौला बाहेक, हामीले सुँगुरको भ्रूणमा मुटु र प्यान्क्रियाज जस्ता अंगहरू विकास गर्ने काम पनि गरिरहेका छौं ।'

मानव र सुँगुरको डीएनए मिलाउन काम गरेका टेक्सास विश्वविद्यालयका एसोसिएट प्रोफेसर जुन वुले यो अनुसन्धान महत्वपूर्ण रहेको बताए । यसमा करिब ६० प्रतिशत मानव कोषहरू छन् भने यसअघिको अध्ययनमा मानव कोषहरूको स्तर निकै कम थियो ।

यस प्रकारको अनुसन्धानमा नैतिक प्रश्नहरू पनि उठिरहेका छन् । विज्ञहरूले भने यस्ता प्रयोगहरूबाट जनावरहरूको व्यवहार प्रभावित भएको मुद्दा उठाउन सक्ने बताएका छन् । मिर्गौला मात्र नभई अन्य धेरै अंगहरूको विकासमा पनि तिनीहरूको प्रयोग बढाउने चिन्ता हुन सक्ने प्रति विज्ञहरु सचेत रहेको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै