• २०८१ असार १२ बुधबार

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ‘इन्टर्न’ शिक्षक बन्न पाउने

kharibot

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षबाट विश्वविद्यालयमा अध्ययनरत गणित, अंग्रेजी र विज्ञान विषयका विद्यार्थीलाई विद्यालयहरूमा ‘इन्टर्न’ शिक्षकका रूपमा प्रयोग गर्ने भएको छ ।
ष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गणित, अंग्रेजी र विज्ञान विषयका विद्यार्थीलाई विद्यालयहरूमा ‘इन्टर्न’ शिक्षकका रूपमा प्रयोग गर्ने बताएका हुन् ।

उनले भने

माध्यमिक तहमा रहेको अंग्रेज, गणित र विज्ञान विषयको शिक्षक अभावलाई न्यूनीकरण गर्न विश्वविश्वद्यालयमा अध्ययन रहेका विद्यार्थीलाई मूल्यांकन सहित इन्टर्नशिप सहित पढाउने प्रबन्ध गरिनेछ ।

यस्तै शिक्षा शास्त्र संकायबाहेक सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिमप्राप्त व्यक्तिलाई शिक्षक सेवा आयोगमा प्रवेश पाउने व्यवस्था गर्न लागेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय