• २०८१ जेठ ४ शुक्रबार

रूसी सेनामा २ लाखभन्दा बढी मानिसलाई भर्ती

kharibot

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा  रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् ।

सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले  आइतबार उक्त जानकारी दिएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताएका हुन् ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गर्नुभएका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै