• २०८१ बैशाख १५ शनिबार

ईयूले रोक्का गरेको रूसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने

kharibot

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।  

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चान्सलर सोल्जले भने, “हामीले यूरोपमा रोक्का रूसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि यूक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ । 

ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रूसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ । 

उनले भने, “हामी पहिले नै प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेका छौँ र यसमा युक्रेनमा रूसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन् ।" उनले अर्को प्रतिबन्धको प्याकेज कहिले ल्याइन्छ भन्ने बिषयमा जानकारी गराउन अस्वीकार गरे । 

प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने बिषयमा जवाफ दिन अस्वीकार गरे । 

सन् २०२२ को फेब्रुअरीदेखि यूरोपेली सङ्घ (ईयू) ले यूक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रूसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ । फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३ औँ भएको रूसी समाचार संस्था तासले जनाएको छ । 

ईयूले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब यूरो अर्थात् पाँच अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीबार भएको हो ।

रूसको आक्रमणविरुद्ध यूक्रेनी सेनाले सङ्घर्ष गरिरहेका बेला यूक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै यूक्रेनलाई जितका लागि आवश्यक पर्ने सबै कुरामा ईयूको सहयोग रहने बताइएको छ ।

ईयूका विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च अधिकारी जोसेप बोरेलले भने, “ईयू सदस्य राष्ट्रका सरकारका प्रतिनिधिहरू सहमत भएका छौँ । यो कोषले हामीलाई थप पाँच अर्ब यूरो (५.४८ अमेरिकी डलर) सैन्य सहयोग बढाउन अनुमति दिनेछ । सन्देश स्पष्ट छ ।  हामी विजय प्राप्त गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनेछौँ ।”

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका राजदूतहरूले युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको फेरबदलका लागि बुधबार ब्रसेल्समा भएको बैठकमा सहमति जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै