• २०८१ बैशाख १८ मंगलबार

कोप २८ मा सहभागी तीन राष्ट्रपतिद्वारा बेलारूसी नेता लुकाशेन्कोसँग तस्बीर खिच्न अस्वीकार

kharibot

भिलनियस । पोल्याण्ड, लाट्भिया र लिथुआनियाका राष्ट्रपतिहरूले बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्कोको उपस्थितिमा आयोजित कोप–२८ जलवायु शिखर सम्मेलनमा विश्वका नेताहरूसँग सामूहिक फोटो खिच्न अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि दुबईमा भेला भएका राष्ट्र तथा सरकार प्रमुखहरूले रूसले युक्रेनविरूद्ध लादेको युद्धमा युक्रेनको पक्षमा रहेको र लुकाशेन्कोले बेलारूसको विपक्षीमाथि दमन गरेको र रूससँग सहकार्य गरेको भन्दै कोप २८ मा सामुहिक तस्वीर खिचाएर गरिने परम्परागत उद्घाटन समारोह बहिष्कार गर्नुको कारणको रूपमा उद्धृत गरेका छन् ।

लिथुआनियाका राष्ट्रपति गीतानास नौसेदाले भने, “यसलाई पारिवारिक फोटो भनिन्छ । लुकाशेन्को जुन परिवारको सदस्य हुन चाहन्छन्, त्यो परिवारका सदस्य होइनन् ।”

“युक्रेनविरुद्ध रूसको आक्रामकताको मञ्च बनेको राष्ट्रप्रमुखसँग काँधमा काँध मिलाएर उभिनु र विश्वको भविष्य र जलवायु परिवर्तनबारे केही नभएको जस्तो गरी छलफल गर्नु पाखण्डी हुनेछ,” वाउसेदाले भने ।

पूर्व सोभियत गणराज्यहरू लिथुआनिया र लाटभिया रूस र क्रेमलिनको सबैभन्दा मुखर आलोचकहरूमध्ये एक हुन् र कीभलाई दिइने सैन्य सहायतामा वृद्धि गर्नुपर्छ भन्ने राज्य हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै