• २०८१ जेठ ८ मंगलबार

बोरामा राखी भारत लैजाँदै गरिएका दुई बच्चाको उद्धार, एक भारतीय पक्राउ

kharibot

बारा । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीले देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो ।

बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै