• २०८१ बैशाख १७ सोमबार

इमरान खानमाथि कुटनीतिक नोट चोरी गरेको आरोप

kharibot

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध राष्ट्रिय गोप्य कूटनीतिक नोट चोरी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

पाकिस्तानको अखबार ‘द डन’का अनुसार विशेष संयुक्त अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । १२ दिनदेखि अट्टक कारागारमा रहेका खानसँग यस विषयमा बुधबार पाँच घण्टासम्म सोधपुछ गरिएको थियो ।

यो कुटनीतिक नोट गत वर्ष मार्चमा अमेरिकामा तैनाथ पाकिस्तानी राजदूत असद माजिद खानले विदेश मन्त्रालयलाई पठाएको थियो । खानले यसलाई पढ्ने बहानामा आफूसँग राखे र पछि पत्र हराएको बताए । यो राष्ट्रिय गोपनियता ऐन विरुद्ध भएको बताइएको छ । खान दोषी पाइएमा १० वर्ष जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

यस कुटनीतिक नोट प्रकरणमा इमरानको संलग्नता निश्चित मानिएको छ । यसको कारण यो हो कि जब उनी प्रधानमन्त्री थिए, आजम खान उनका मुख्य सचिव थिए । आजमलाई संयुक्त अनुसन्धान टोली (जेआईटी) ले दुई पटक सोधपुछ गरेको छ । आजमले यो नोट इमरानलाई दिएको स्पष्ट रुपमा भनेका छन् । खानले पछि धेरै र्‍यालीहरूमा त्यो कुटनीतिक नोटलाई सार्बजनिक रुपमा बताएका थिए । उनले यसलाई अमेरिकाको इशारमा सेनाले आफ्नो सरकार ढलाएको भन्दै पटक पटक उदृत गरेका थिए । 

यसबाहेक खानको एउटा अडियो टेप पनि भाइरल भएको थियो । यसमा इमरान, तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशी र आजम खानको आवाज थियो । फोरेन्सिक अनुसन्धानमा यो अडियो सही हो, यसमा कुनै छेडछाड नगरिएको प्रमाणित भएको छ । टेपमा, खानले कुरेशी र आजमलाई सो नोटलाई र्‍यालीहरूमा देखाउने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै