• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास, टी-२० विश्वकप छनोटका लागि उपलब्ध

kharibot

काठमाडौँ । पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी-२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । अब मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ ।

यस अघि इमाद वासिमले आफ्नो सन्यास तोडेर टी-२० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए । यस पटक इस्लामाबाद युनाइटेडलाई पीएसएल च्याम्पियन बनाउने इमाद वासिमले पनि सन्यास लिएर आगामी टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका हुन् ।

आमिरले अगस्ट २०२० मा म्यानचेस्टरमा पाकिस्तानका लागि अन्तिम टी-२० खेल खेलेका थिए । उनलाई अब टी-२० विश्वकपका लागि बोलाइने क्याम्पमा राखिने सम्भावना छ । 

छिट्टै ३२ वर्ष पुग्न लागेका आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी-२० खेल खेलिसकेका छन् । उनले सबै फर्म्याटमा जम्मा २५९ विकेट लिएका छन् । आमिरले टेस्टमा ११९ विकेट, एकदिवसीयमा ८१ विकेट र टी–२० मा ५९ विकेट लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै