• २०८१ बैशाख १८ मंगलबार

सत्तामा जाने मात्र लक्ष्य बनाउनु भएन- डा. शशांक कोइराला

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सरकार र सत्तामा जाने मात्र लक्ष्य पार्टीको हुन नहुने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै डा. कोइरालाले पार्टी कुन बाटोमा हिडेको छ भन्ने प्रश्न गर्दै सत्तामा जाने मात्र लक्ष्य बनाउन नहुने बताएका हुन् । उनले समाजमा आमुल परिवर्तन ल्याउन पार्टीले भूमिका खेल्नु पर्ने हाम्रो लक्ष्य स्पष्ट हुनुपर्नेमा जोड दिए । 

उनले क्रियाशील सदस्यता बढाएर मात्र पार्टीको संगठन राम्रो नहुने बताउदै आफ्नो क्षेत्रमा ८०० क्रियाशील भएको ठाउमा २०० भोट आएको उदाहरण दिएका थिए ।

पार्टीलाई अब विकेन्द्रीकरण गर्नुपर्ने बताउदै केन्द्रमा बसेर निर्णय गर्ने प्रवृति छोड्नुपर्ने बताए ।

कोइरालाले पार्टीमा महिलाको सहभागिता बनाउनु पर्ने बताउदै ३३ प्रतिशत महिला सहभागिताले नपुग्ने बताए । उनले जनसंख्याको आधारमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै