• २०८१ बैशाख १६ आइतबार

नेटो सम्मेलनप्रति रुसको प्रतिक्रिया, ‘धम्कीको जवाफ दिन तयार छौ’

kharibot

मस्को । रुसी विदेश मन्त्रालयले बुधबार नाटो शिखर सम्मेलनले पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्किएको देखाएको बताएको छ । 

रुसले आफ्नो छिमेकीमाथि आक्रमण गरेको ५०० दिनभन्दा बढी समयपछि लिथुआनियामा भएको नेटो शिखर सम्मेलन अमेरिका र यसका सहयोगीहरूले युक्रेनलाई मस्कोविरुद्ध आफूलाई बचाउन नयाँ सुरक्षा आश्वासन दिएर टुङ्गिएको थियो । 

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले सोमबार आफ्ना पहिलेका आपत्तिहरू अचानक फिर्ता लिएपछि स्वीडेन सैन्य गठबन्धनमा यसको सबैभन्दा नयाँ सदस्यको रूपमा सामेल हुने सम्भावनाले पनि शिखर सम्मेलनलाई उत्साहित बनाएको थियो । 

भिल्नियस शिखर सम्मेलनको नतिजालाई सावधानीपूर्वक विश्लेषण गरिनेछ, रुसी मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत भनेको छ । रसियाको सुरक्षा र हितका लागि पहिचान गरिएका चुनौतिहरू र खतराहरूलाई ध्यानमा राख्दै हामी उपलब्ध सबै माध्यम र विधिहरूद्वारा समय मै र उपयुक्त तरिकाले जवाफ दिनेछौं ।

शिखर सम्मेलनले विश्वको नयाँ भूराजनीतिक अवस्थासँग अनुकूलन गर्न नाटोको असक्षमता देखाएको छ, रुसी बिदेश मन्त्रालयले भनेको छ । नाटोले लगातार बल प्रयोगको सीमा घटाउँदै आएको छ, जसले राजनीतिक र सैन्य तनाव बढिरहेको छ ।

‘पहिले नै लिइएका निर्णयहरूका अतिरिक्त हामी देशको सैन्य संगठन र प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न जारी राख्नेछौं,’ रुसले भनेको छ ।

यसअघि बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भूमि र शक्तिको लालसा गरेको आरोप लगाएका थिए । साथै,  युक्रेनका बारेमा नाटोको एकता र समर्थनको प्रशंसा गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै