Skip This
  • २०८१ असोज २ बुधबार

पुटिनको चेतावनी- नेटोसँग रुसको युद्ध हुनसक्छ !

kharibot

काठमाडौँ । युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन् ।

पुटिनले युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नाटो र रुसबीच युद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

पुटिनले सरकारी टेलिभिजनमा युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुने बताएका छन् । उनले भनेका छन्- 'यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ । यदि यस्तो भयो भने, हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ ।'

यसैबीच रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले छ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै