• २०८१ बैशाख १५ शनिबार

युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउँछ- पुटिन 

kharibot

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । 

पुटिनले भने, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।” 

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो । 

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै नाटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताको लागि समयसीमा भने दिएको छैन । 

युक्रेनले रूसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ । 

पुटिनले पत्रकारसँग भने, “लामो दूरीका क्षेप्यास्त्रहरूले ‘क्षति पु¥याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ ।” 

उनले भने, “नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै