• २०८१ बैशाख १८ मंगलबार

कांग्रेस छियाछिया भयो, पुनर्जीवन दिन अग्रसर बनौं- शशांक कोइराला

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई पुनर्जीवन दिन आवश्यक रहेको औल्याएका छन् ।

आइतबार नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले अहिले नेपाली कांग्रेस छियाछियाको अवस्थामा पुगेको बताए । उनले पुनर्जीवनका लागि नेतृत्वलाई खबरदारी गर्न उनले पार्टीका शुभेच्छुक संस्थाहरुहरुलाई आग्रह गरे ।

उनले भने- 'नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । ऊ जाडो यामलाई छलेर जब वसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ । यो प्राकृतिक कुरा हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै