• २०८१ असार १२ बुधबार

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

kharibot

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो । टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए ।

यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो । ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडी परेपछि पिएसजीले उपाधि जितेको हो । यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिदै छ ।

पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । भने पछिल्लो तीन बर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै