• २०८१ बैशाख १२ बुधबार

उपाय र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकबीच समझदारी

kharibot

काठमाडौँ  । उपाय सिटि कार्गो प्रालिबीच नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैकिङ्गसहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइवर पार्टनरहरुका लागि आधिकारिक बैंकको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहनेछ ।

बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाउन्ट योजना अन्तर्गतर्ग ड्राइवर पार्टनरहरु सहज भुक्तानीको सुविधासहितको शुन्य शेषी खाता जसमा ७ लाखसम्मको दुर्घटना मृत्यु वीमा रु १५ हजार सम्मको औषधि उपचार सुविधा र ३५ हजार सम्म अस्पताल बह्रना उपचार सुविधा प्रदान गर्ने छ ।

यो समझदारी अनुरुप नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइवर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धि, आधुनिक बैंकिङ सुविधाको प्रयोगमा सरलता लगायतका अस्न्य विषयमा आवश्यक तालिम तथा अभिमुखीकरण गर्दै जाने छ जसले गर्दा सम्पूर्ण यातायात क्षेत्रमा नै वित्तीय साक्षरता तथा आधुनिक बैंकिङको उपयोगिता थप सहजता हुने उपायले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै