काठमाडौं । गायक मोहन थापा को पहिलो मौलिक गीत “जब यादले सताउँछ”, नेपाली संगीतप्रेमीहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झनाहरू र वियोगका पीडालाई कुमार जोशी का शब्दमार्फत प्रस्तुत गरिएको छ । यस गीतलाई ज्योति भण्डारी ले प्रोड्युस गरेका छन् । पेशाले १५ वर्षदेखि मानव संसाधन क्षेत्रमा संलग्न थापाले संगीतप्रतिको आफ्नो जीवनभरको चाहना यस गीतमार्फत व्यक्त गरेका छन् ।थापा भन्छन्- 'यो गीत मेरो मुटु नजिक छ र मेरो भावनालाई शब्द र स्वरमार्फत सबैसामु पुर्याउने प्रयास हो ।' यस गीतलाई ज्योति भण्डारी ले प्रोड्युस गरेका छन् ।
भिडियो निर्माण, निर्देशन, क्यामेरा सञ्चालन तथा सम्पादन नितेश लामाले गरेका छन् । भिडियोमा कलाकार दिपेन्द्र खत्री र अनिशा ओली को भावनात्मक अभिनय रहेको छ । संगीत संयोजनमा विक्रम कार्की, कोरसमा बिनोद श्रेष्ठ, बाँसुरीमा नरेन्द्र बिक्रम राई, र रेकर्डिङ्ग भेनस रेकर्डिङ स्टुडियोमा गरिएको छ ।
गीत: