• २०८२ असोज २८ मंगलबार

हमास हस्तान्तरण गर्यो चार मृत बन्धकको शव

kharibot

काठमाडौँ । हमासले चार मृत बन्धकहरूको शव हस्तान्तरण गरेको छ । इजरायलको सेनाले हमासले गएराती चार मृत बन्धकको शव रेडक्रसमार्फत हस्तान्तरण गरेको जानकारी दिएको छ ।

साथै इजरायली सेनाले शवको डीएनए परिक्षण गरेपछि मात्र कसको शव हो भन्ने औपचारिक रुपमा जानकारी दिने बताएको छ ।

यद्यपी हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूमा नेपाली युवा विपिन जोशी, इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेको जानकारी दिएको थियो ।

२८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिएको छ ।

अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र अर्थात सोमबार दिउसोसम्म बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने शर्त भएपनि हमासले त्यसको अवज्ञा गरेको छ । यद्यपी हमासले आफुहरुले सम्झौताको शर्त पालना गर्न प्रतिबद्ध रहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै