• २०८१ जेठ ६ आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा कांग्रेसले सहयोग गर्नुपर्छ- प्रदीप पौडेल

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन् ।  

बुधबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कोहि कतैबाट प्रभवित गर्न नहुने बताउदै यसका लागि पार्टीले सहयोग गर्नुपर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । 

को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै