• २०८१ जेठ ६ आइतबार

वर्ल्डलिंक र पब्जी मोबाइलबीच रणनीतिक सम्झौता

kharibot

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक र पछिल्लो समय निकै लोकप्रिय बनेको मोबाइल गेम पब्जीबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा वर्ल्डलिंका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र पब्जी मोबाइल निर्माता कम्पनी टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि वर्ल्डलिंक र पब्जीले नेपालमा यस गेमलाई थप परिस्कृत रुपमा प्रस्तुत गर्ने र खेलाडीहरुले राम्रो अनुभव गर्न पाउने बताइएको छ ।

उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङ विकास र विस्तारमा अभुतपूर्व कदम भएको दुवै कम्पनीले दाबी गरेका छन् ।

टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता शर्माले मोबाइल गेमिङ इकोसिस्टमलाई नै विकास गर्न आफूहरुको नजरमा नेपाल रहेको बताएका छन् ।

उनले खेलाडी तथा प्रतिभाहरुले ग्लोबल स्पोर्ट्स इभेन्टहरुमा प्रतिस्पर्धा गरिहेको स्मरण गराउँदै वर्ल्डलिंकसँगको साझेदारीले यसको विकासमा थप मद्दत पुग्ने उनले बताए ।

नेपालमा आफूहरु रणनीतिक साझेदारीका साथ वर्ल्डलिंकसँग आबद्ध भएको उनले बताए ।

त्यस्तै वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत नेपालले मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा नेपाली गेमिङ समुदायको आवश्यकताहरुलाई सम्बोधन गर्नुपर्ने देखेर यो सहकार्य गरेको बताए ।

उनले अहिले यस खेलप्रति देखिएको आकर्षणलाई पूरा गर्न नवीनतम प्रविधिको साथ अघि बढ्न यो सम्झौता भएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै