• २०८१ जेठ ४ शुक्रबार

कार्यपालिका सदस्यलाई हर्क साम्पाङको अपिल: कि बैठक आउनु कि राजीनामा दिनु

kharibot

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई 'साम्पाङ' ले वडा वध्यक्षसहितका कार्यपालिका सदस्यहरुले आफ्नो कर्तव्य पुरा नगरेको आरोप लगाएका छन् ।

विहिबार एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले कार्यपालिका सदस्यहरु उपमहानगरको कार्यपालिका बैठकमा लगातार अनुपस्थित रहेको उल्लेख गर्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले आफ्नो कर्तव्य पुरा नगरेको भन्दै सच्चिएर बैठकमा उपस्थित हुन आव्हान गरेका हुन् ।

मेयर साम्पाङले म बैठक बस्दिन भन्न नपाइने भन्दै जनताको काम गर्न अक्षम भएको भन्दै तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त गर्न समेत आग्रह गरेका छन् ।


      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै