• २०८१ बैशाख २१ शुक्रबार

उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि साम्पाङ भन्छन्- घिसार्दै निकाल्न नपरोस् !

kharibot

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् । ताला लगाएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'बीपी अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् !'

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ । मेयर साम्पाङ कार्की कार्यालय नआएर घरबाटै काम गरेको भन्दै आक्रोशित भएर कार्यकक्षमा ताला लगाएका हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै