• २०८१ बैशाख २७ बिहीबार

हर्क साम्पाङको अतिथि बनेर धरान पुगे बालेन

kharibot

धरान । शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अतिथि बनेका छन् । धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङको निमन्त्रणामा बालें शुक्रबार धरान पुगेका हुन् ।

धरान उपमहानगरस्थित स्थानीय पब्लिक हाई स्कुलको मैदानमा आजदेखि शुरु भएको ‘धरान डे’ कार्यक्रममा बालेन सहभागी भएका छन् ।

यस कार्यक्रमका लागि धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्तो दिएपनि प्रधानमन्त्री उपस्थित नहुने भएपछि मेयर साम्पाङ आक्रोशित बनेका थिए ।

साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्बिर हटाएका थिए । उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन्।

साम्पाङ र बालेन मेयर निर्वाचित भएदेखि नै एक अर्कालाई सहयोग गर्दै आइरहेका छन् । बालेनको यस धरान यात्रालाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै