• २०८१ असार १२ बुधबार

भारतीय मसला कम्पनि एमडिएच र एभरेस्टका चार उत्पादन नेपालमा प्रतिबन्ध

kharibot

काठमाडौँ । भारतमा उत्पादित दुईवटा मसला कम्पनीका ४ उत्पादनमा नेपालले रोक लगाएको छ । भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले एमडिएचको मिक्स मसला, साम्बर मसला, मद्रास करी मसला र एभरेस्टाके फिस मसला बिक्री र प्रयोगमा रोक लगाइएको जानकरी दिएकी छन् । उनले अन्तर्राष्ट्रिय स्तरमा यी दुई मसालका ती उत्पादनमा किटनाशक एथलिन अक्साइड पाइएको आशङ्कामा रोक लगाइएको बताइन् ।

यसअघि हङकङ र सिङ्गापुरले एमडिएच र एभरेस्टको मसालामाथि प्रतिबन्ध लगाइसकेको छ भने बेलायतमा पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

विश्वका विभिन्न मुलुकमा निर्यात हुने यी मसालमा पाइएको भनिएको एथलिन अक्साइडको सेवनले तत्कालै स्वास्थ्यमा असर नदेखिएपनि लामो समयसम्म यसको सेवन गर्नाले क्यान्सरको जोखिम बढ्दै जान्छ।  

एथलिन अक्साइड रङ्गहिन ग्यास हो । यसको प्रयोग टेक्सटाइल, डिर्जेन्ट, फोम, औषधि लगायतमा पनि गर्ने गरिन्छ। साथै अस्पतालमा यसको प्रयोग सर्जिकल उपकरण सफा गर्नलाई गरिन्छ ।

एथलिन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनमा विभाजन गरिएको छ । जसले मानिसमा क्यान्सर गराउने पर्याप्त प्रमाणहरू दिएको छ । जो मानिसहरू यसको नियमित सम्पर्कमा रहन्छ उनीहरूमा आँखा, छाला, नाक, घाँटी र फोक्सोमा जलन हुन सक्छ ।

अमेरिकाको इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सीका अनुसार एथलिन अक्साइडको सम्पर्कमा आउँदा त्यसले महिलामा लिम्फाइड क्यान्सर र स्तन क्यान्सरको खतरा बढाउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै