काठमाडौँ । शहिद स्मारक ए डिभिजन अन्तर्गत आज तीन खेल हुदै छन् । आज अपराहन्न साढे २ बजेदेखि दुई खेल हुने छन् भने साँझ साढे ५ बजेदेखि एक खेल हुने छ ।
आज च्यासल मैदानमा साढे २ बजेदेखि फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् भने उही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एनआरटी भिड्दै छन् ।
त्यस्तै साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दै छन् ।
जारी लिगमा अहिलेसम्म फ्रेन्ड्स क्लबले ४ खेलमा एक जित एक बराबरी र दुई हारसहित ४ अंक बटुलेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा एक जित, दुई बराबरी र एक हारसहित ५ अंक बटुलेको छ ।
त्यसैगरी नेपाल पुलिस क्लबले अहिलेसम्म खेलेका सबै चार खेलमा हार बेहोरेको छ भने एनआरटीले ४ खेलमा एक बराबरी र ३ हारसहित एक अंक बटुलेको छ ।
त्यस्तै मनाङ मर्स्याङ्दी क्लबले ४ खेलमा २ जित र २ बराबरी खेल्दै ८ अंक बटुलेको छ भने एपीएफ क्लबले ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक बटुलेको छ ।