• २०८१ माघ ३ बिहीबार

एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी रु  १८ खर्ब ३१ अर्ब छ भने मेगा बैंकको रु १६ खर्ब १२ अर्ब रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४ खर्ब ४३ अर्ब पुग्नेछ । मर्जरपश्चात् जगेडा कोष रु १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन रु तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह रु तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ ।

मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय  दुई र एटिएम सङ्ख्या दुई सय ७९ वटा पुग्नेछन् ।

दुई दिन सेवा बन्द

यही पुस २७ गते एकीकृत कारोबार अगाडि दुई दिन नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले दुई दिन सेवा बन्द गर्ने भएको छ । बैंकले सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैंकले पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै