• २०८१ बैशाख १७ सोमबार

रिलायन्सको वाल्ट डिज्नीसँग मर्जर सम्झौता

kharibot

काठमाडौँ । रिलायन्स इन्डस्ट्रीले वाल्ट डिज्नीसँग आफ्नो भारतीय मिडिया व्यवसायको सञ्चालनसँग सम्बन्धित गैर-बाध्यकारी मर्जर सम्झौता गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मर्जर सम्झौता अन्तर्गत रिलायन्स इन्डस्ट्रिजले ५१ प्रतिशत सेयर राख्ने छ भने बाँकी ४९ प्रतिशत डिज्नीको हुनेछ । शेयरको ढाँचा अनुसार मुकेश अम्बानीको रिलायन्स समूहले कम्पनिमा पूर्ण नियन्त्रण राख्ने देखिएको छ । रिपोर्टमा यो सम्झौता फेब्रुअरी २०२४ सम्म पूरा हुने बताइएको छ । 

यो मर्जर मुकेस अम्बानीको भारतको सबैभन्दा ठूलो मनोरन्जन साम्राज्य सिर्जना गर्ने अभियान अन्तर्गतको प्रयास भएको विश्लेषण गरिएको छ ।

अब रिलायन्सले भारतमा जी इन्टरटेनमेन्ट र सोनी जस्ता टेलिभिजन कम्पनीहरू तथा नेटफ्लिक्स, अमेजन प्राइम जस्ता स्ट्रिमिङ प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्नेछ ।

रिलायन्सले आफ्नो मिडिया र मनोरन्जन इकाई भायकम १८ मार्फत कलर्स टिभिसहित विभिन्न च्यानलहरू र जियो सिनेमा स्ट्रिमिङ एप सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै