• २०८१ बैशाख १७ सोमबार

सोनी र जी नेटवर्कको मर्जर रद्ध

kharibot

काठमाडौँ । भारतका दुई ठुला टेलिभिजन समुह सोनी र जी नेटवर्कको मर्जर रद्ध भएको छ । २०२१ मा सोनी समूह र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजसँग मर्जर सम्झौता भएको थियो । 

तर अहिले सोनी समुहले यो मर्जर प्रक्रिया अन्त्य गर्न टर्मिनेशन लेटर पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

स्टक एक्सचेन्ज फाइलिङमा, जीले कल्भर म्याक्स र बंगला इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले सम्झौता रद्द गरेको र शर्तहरूको कथित उल्लङ्घनको कारणले जीसँग ९० मिलियन डलर क्षतिपुर्ति माग गरेको जानकारी दिएको छ ।

जीले सोनीको क्षतिपूर्ति दावीलाई अस्वीकार गर्दै कम्पनीको निर्देशक बोर्डले सबै उपलब्ध विकल्पहरूको मूल्याङ्कन गरिरहेको छ र सोनीविरुद्ध उचित कानुनी कारबाही गर्ने बताएको छ ।

सोनीले जनवरी २१ सम्मको म्यादमा मर्जरमा सहमति हुन नसकेको बताउदै दुई वर्षको वार्तापछि पनि मर्जर हुन नसकेकोमा निराश भएको उल्लेख गरेको छ । 

ब्लुमबर्ग रिपोर्टका अनुसार २०२१ मा सम्झौतामा हस्ताक्षर हुँदा मर्जरपछि बनेको यो नयाँ कम्पनीको नेतृत्व पुनित गोयन्काले गर्ने निर्णय भएको थियो । तर पछि, नियामक छानबिनका कारण, सोनीले गोयन्कालाई सीईओ बनाउन चाहेन । पुनित गोयन्का जी समुहका संस्थापक सुभाष चन्द्रका छोरा र जीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

सोनी र जीबीचको यो मर्जरले १० अर्ब डलर मूल्यको कम्पनी बन्ने थियो । साथै कुल २४ प्रतिशतभन्दा बढी दर्शकहरूको साथ, जी र सोनी देशको सबैभन्दा ठूलो मनोरन्जन नेटवर्क बन्ने थियो । सोनीले सन् १९९५ मा भारतमा आफ्नो पहिलो टिभी च्यानल सोनी इन्टरटेनमेन्ट टेलिभिजन सुरु गरेको थियो । कम्पनीले खासै व्यवसाय विस्तार गर्न सकेको छैन ।

त्यस्तै जीले आफ्नो पहिलो च्यानल जी टिभी २ अक्टोबर १९९२ मा सुरु गरेको थियो । जीलाई लामो समयसम्म एस्सेल समूहको नियन्त्रणमा थियो, तर एस्सेललाई आफ्नै २.४ बिलियन डलर ऋणको बोझ रहेको अवस्थामा मर्जरको निर्णय भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै