• २०८१ बैशाख १७ सोमबार

आइएसले लियो काबुल होटलमा भएको घातक हमलाको जिम्मा

kharibot

काबुल । चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।

आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।

घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते  भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २-३० बजे भएको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै