• २०८१ बैशाख १७ सोमबार

विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध, काबुलमा सरकारविरोधी प्रदर्शन

kharibot

काठमाडौं । विश्वविद्यालयमा आफूहरुलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् ।

देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर भेला भएका थिए । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।

विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरुलाई  साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् ।

तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए  ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै