• २०८१ बैशाख १४ शुक्रबार

काबुलमा शक्तिशाली विष्फोट

kharibot

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् ।

‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उनले बताएका छन् । 

हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै